Gold
Bangad salyan

रामेछापको जंगलमा करेन्ट लागेर वृद्धको ज्यान गयो ,,

असार ८ , रामेछाप- रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ । बिहिवार जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर १ गुन्सी ढोडेनीमा मा भुइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका वडा नम्बर ५ गुराँसेका ७० बर्षिय पासाङ तामाङको ज्यान गएको हो

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए अनुसार डोको बेच्न हिडेका तामाङलाई करेन्ट लागेको अबस्थामा जंगलमा भेटियका थिय।

केहिदिनअघि हावा हुरीका कारण विद्युत पोल डलेर विद्युतको तार लत्रिएको र सोहि तारले बाटोमा हिड्दै गरेका तामाङलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । जागरण समुह गुन्सीले उत्पादन गरेको विद्युत तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

यता स्थानीयहरुले भने किसान जागरण समुह गुन्सीको लापरवाहीका कारण घटना घटेको आरोप लगाएका छन् । बिजुलीको पोल ढलेर विधुतियको तार लत्रिदा समेत स्थानीय सरकार र किसान जागरण समुह गुन्सी बेखबर बन्दा यस्तो अप्रीय घटना घटेको स्थानीयहरुको भनाई छ ।