एनआईसी एसिया बैंकका कर्मचारी आफै चोर बनेर १६ लाख लुटेपछि
काठमान्डौ – एनआईसी एसिया बैंकका कर्मचारीले लुट्ने र लुटाउनेको अचम्मको खेल खेलेका छन् तर उनीहरुको झुठ प्रदाफास प्रहरीले गरेको छ।
जसमा एनआईसी एसिया बैंकका कलेक्टरले आफैले पैसा चोरी भएको नाटक गर्ने र पछि गएर भाग लगाउने गरेको पाईएको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कलेक्टर प्रदीप खत्रीसहित ४ जनालाई पक्राउ गरेको छ।
खत्रीकै योजना र अन्यको मिलेमतोमा बैंकको पैसा लुटिएको अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। प्रहरीले खत्रीसँगै सिन्धुपाल्चोकका विमल तामाङ, रामेछापका शक्तिराज पौडेल, अनिश खड्कालाई पनि पक्राउ गरेको छ ।
बैंकले ठूलो परिमाणमा पैसा जम्मा गर्ने संस्थाका लागि कलेक्टर राखेको हुन्छ जसमा उक्त शाखामा प्रदीप खत्री रहेका थिए। गत पुस १८ गते कलेक्टर खत्रीले काठमाडौं-१० को वडा कार्यालयबाट १२ लाख ४५ हजार रुपैयाँ र मेटलाइफ इन्स्योरेन्स शान्तिनगरबाट ३ लाख ५० हजार ४२४ रुपैयाँ लिएर बैंकतिर जाँदै थिए ।
बानेश्वरको युनिग्लोब कलेज अगाडि बैंकको शाखा कार्यालय नजिकै पुगेपछि दुई जनाले उनको पैसा लुटे । उनले तत्काल बैंकलाई तत्काल खबर गरे र बैंकले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गरायो ।
क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको आधारमा अनुसन्धान सुरु गर्दा लैजाँदै गरेको त देखिएन’ तर दुई जना भाग्दै गरेको देखिएपछि प्रहरीले कलेक्टरमाथिनै आशंका गर्यो।
भाग्ने दुइ जनालाई प्रहरीले मोटरसाईकलको प्लेट नम्बर सिसिटिभ फोटेजको आधारमा समात्यो भने छानबिन गर्दा कलेक्टर खत्रीको नाम जोडीएपछि उनलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाले बताए।
डीएसपी लामाका अनुसार कलेक्टर खत्रीले बैंक भएकै भवनमा काम गर्ने विमल तामाङसँग मिलेर उनले बैंकको पैसा आफैं लुटाउने योजना बनाएका थिए । ‘त्यही योजना अनुसार तामाङले पौडेल र खड्कालाई जोडेका थिए।
जसमा लुट्नेलाई ६ लाख, लुटाउनेलाई ३ लाख रुपैया दिने सहमति बनेको रहे छ लामा ले भने। लुटपाटमा संलग्न पौडेलले ६ लाख ३० हजार र खड्काले ४ लाख रुपैयाँ पाएका थिए ।
बैंकका कर्मचारी कल्लेक्टर खत्रीको भागमा चाहिँ ३ लाख रुपैयाँ परेको पाइएको छ । उनीसँगै योजना बनाउने कार्यमा संलग्न विमलको भागमा पनि ३ लाख रुपैयाँ छुट्टयाइएको थियो । कलेक्टरको रकम पनि विमलले नै राखेका थिए।
उनीहरुको साथबाट १३ लाख ४६ हजार रुपैयाँ बरामद भएको छ । सो मध्य २ लाख ८४ हजार चार सय २४ रुपैयाँ उनीहरुले खर्च गरिसकेको पाइएको छ । पाक्राउ परेका सबैलाई चोरी डाँका मुद्दामा अगाडी बढाईएको मैनालीले जानकारी दिए ।