आज असार पन्ध्र धान दिवस , मन्त्रीले धान रोप्ने ,,

असार १५ – आज मानो छरेर मुरी फलाउने कृषकको सपना अर्थात धान दिवस देश भरि मनाईदै छ ।, नेपाल कृषि प्रधान देश हो र कृषिमा निर्भर रहेरै बाँचेको देश हो । तेसैले आजको दिन कृषक हरु सारै हौसला भयर यो दिवस मनाउने गर्छन। ,नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

त्यसयता हरेक वर्ष यो दिवस सरकारी तहबाट नै मनाउने गरिएको छ ।आज काठमान्डौको दक्षिन कालिमा धान दिवसको आयोजना गरियको छ। नेपालमा करिब ५२ देखि माथि मेट्रिकटन धान फाल्ने गर्दछ ।, जुम्लामा फल्ने मार्सी धान विश्वमै परिचित छ। यो वर्ष धान दिवस मनाउँदा धान उत्पादनमा वृद्धि: राष्ट्रको समृद्धि’ दिवसको नारा छ ।मौसम अनुकूल भयपनी कुनै ठाँउमा भने कृषकहरुले धान रोप्न पायका छैन्न, धान खेति नेपालको प्रमुख खाद्यान्न बालि पनि हो ।

धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । जिल्ला जिल्लाका विभिन्न सस्थाले आज धान दिवसको आयोजना गरि दहि चिउरा खाने र दिने कार्यक्रम गरियको छ ।खेतमा धान रोप्दै छुपुमा छुपु हिलोमा धान रोपौंला जस्ता लोकदोहोरि ठाडो भाका जस्ता गीत गायर मनोरंजन लिने गरिन्छ।

आज मन्त्रीले धान रोप्दै ,,
आज कार्यक्रममा कृषि मन्त्रीदेखि रक्षामन्त्री सम्मले धान रोप्दैछन् ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रीले कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि धान रोप्दैछन् । त्यहाँका राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलोपटक धान खेती शुरु गरेको किंवदन्ती छ । त्यसैसँग जोडेर त्यहाँ आयोजना गरिएको महोत्सवमा मन्त्री खनालले धान रोप्न लागेका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि आज धान रोपाइँमा सहभागी हुँदैछन् । युवा संघ र वाईसियलको संयुक्त आयोजनामा बूढानीलकण्ठमा आयोजना गरिएको कार्यक्रममा पोखरेलले धान रोप्न लागेका हुन् ।लालबाबु पण्डितले पनि काठमाडौंको बौद्धमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा सरिक भएर धान रोप्ने बताइएको छ ।