कोरियन भाषा परीक्षा नतिजा सार्वजनिक

काठमाडौं ।   जेठ २६ र २७ गते लिइएको नवौं कोरियन भाषा परीक्षाको नतिजा आज बिहान सार्वजनिक भएको छ । परीक्षा उत्तिर्ण भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फारम लगायतका कार्यहरुको विस्तृत विवरण पनि छिट्टै सार्वजनिक गरिने भयको छ ।

कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाले जानकारी गरायको छ । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् ।