Gold
Bangad salyan

८० हजार रुपैयाँ घुससहित इन्जिनियर पक्राउ ,,

असार २५, जाजरकोट- जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर अन्जयकुमार देवलाई अख्तियारको टोलीले ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिँचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन गराइदिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार घुससहित पक्राउ गरिएको अख्तियारका सुचना अधिकारी मेघनाथ सापकोटाले बताए । अख्तियारका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनाल नेतृत्वको टोलीले देवलाई मंगलवार विहान उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भइरहेको सुचना अधिकारी सापकोटाले बताए ।