अश्लिल भिडियो बन्द गर्न खोज्दा आलोचनामा परियो ,,
असोज १२ , बनेपा – समाजिक स्तर देखि विदेश सम्म अश्लिल भिडियोहरु आज भोलि खुबै चर्चित बन्ने गरेका छन्। तेस्को प्रवाभ नेपालमा पनि निकै परेको छ ।यसै विषयलाई लिएर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अश्लील भिडियो साइट बन्द गर्न निर्देशन दिँदा आफूमाथि गम्भीर आलोचना भएको बताएका छन्। सरकार र समाजको मूल्य मान्यताअनरूप आफूले पोर्न साइट बन्द गर्न निर्देशन दिएसँगै आलोकचकहरूले गलत व्याख्या गरी भ्रम फैलाएको उनले आरोप लगाएका हुन्।
बिहीबार काभ्रेको बनेपा महोत्सवको उद्घाटन गर्दै मन्त्री बास्कोटाले भने, ‘पोर्न साइट बन्द गर्ने निर्देशन दिएसँगै कडा विरोध आयो, त्यसो भए अब नांगा नांगा तस्बिर कोठाको भित्तामा छ्याप्प छ्याप्ती जताततै टास्दै हिँड्ने।’ उनले आक्रोश पोख्दे भने त्यसो भए पोर्न फिल्म चलाउने हो त ? समाज र राज्यको आफ्नै मूल्य मान्यता र दायित्व छ, त्यही पूरा गरेको हुँ।’ मन्त्री बाँस्कोटाले भने, ‘आलोचनाको कुनै सीमा हुँदैन काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’, सरकार लक्ष्यप्रति लागिरहन्छ, कोशिस गर्दै छौं, रातारात केही हुँदैन र विरोध र असन्तुष्ट पोख्नेहरूको जिब्रो आफैं थाक्छ।मन्त्री बास्कोटाले आईटी पार्कमा ३५ देखि ३८ अर्बसम्मको लागतमा नेसनल सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन लागेको बताए।
‘बनेपामा रहेको सूचना प्रविधि पार्कमा सरकारले नेसनल प्रेस सञ्चालनको तयारी थालेका छौं ‘मुद्रणसम्बन्धी कामको प्रेस देशमा नहुँदा अर्बौं रुपैयाँ बाहिरिने गरेको छ।’ उनले भने ‘राज्यबाट १० अर्ब रुपैयाँ नागरिकता, पासपोर्ट, सवारीसाधनको बिलबुक, लाइसेन्स, नम्बरप्लेप्ट, एटीम कार्ड बनाउँदा बिदेसिने गरेको छ, जसमा सरकारले आठ अर्ब र निजी कम्पनीले करिब दुई अर्ब खर्च गर्ने गरेको छ।मन्त्री बाँस्कोटाले पाँचखालमा बन्न लागेको सेजको काम सुरु हुनुका साथै सरकारले बनेपाको नागीडाँडामा वैकल्पिक विमानस्थलका लागि डीपीआर सकिएको जानकारी दिए। सुनकोसी तेस्रो जलविद्युत् केन्द्रका लागि ५५ करोड विनियोजन भएर इन्जिनियरहरूले सर्भे गरिरहेको
पनि उनले बताए।