Gold
Bangad salyan

जहाज नउडेपछि एकसाता देखि राजेश हमाल डोल्पामा ,,

असार १८ , दुनै – देशै भर मनसुन सक्रिय भयलगतै जताततै बाढी पहिरोको जोखिम बढेको छ ।, हिजो बाट परेको अविरल वर्षाको कारण राजधानीदेखि हवाई उडान भर्ने र राजधानी जोड्ने जिल्लाबाट आउने उडान बन्द भयका छन्। , तेस्तै डोल्पाको जुफाल विमानस्थलबाट जहाज नउडेपछि नायक राजेश हमाल एक सातादेखि डोल्पामा अडियाका छन् ।

सांस्कृतिक महोत्सवमा डोल्पा पुगेका महानायक राजेश हमाललगायतका एक दर्जन कलाकारको टोली एक सातादेखि जुफाल बिमानस्थलमा नै अड्किएको छ। जुफालमा तिन दिन देखि कुनै पनि विमानले वर्षाका कारण उडान भर्न सकेको छैन ।,अग्ला पहाड र हिमाली जिल्ला भएको कारण बिहान बाहेक अन्य समयमा उडान भर्न हावाको उच्च चापले नसकिने नेपालगञ्ज बिमानस्थलाको कार्यालयले बताएको छ ।

सडकले नजोडिएको जिल्ला डोल्पामा एक मात्र भरपर्दो यातायातको माध्याम हवाई सेवा नै हो। वर्षाको समयमा जाजरकोट डोल्पाको सड्क पनि जोखिम रहेकाले पैदल यात्रा गर्न जोखिम भएको यात्रु बताउँछन्। दैनिक यात्रुको चाप बढ्दो छ तर वर्षाको कारण उडान हुँदैन।, हामीले यात्रुको मर्का बुझेर हुँदैन’ सिता यएरका स्टेसन ईन्र्चाज मुकुन्द पौडेलले बताए। धेरै दिनदेखि उडान नभए पछि यात्रुको चाप बढेको हो, मौसम सफा रहे सबै जहाजले उडान भर्ने र यात्रु सबै गन्तव्य जाने उनले दावी गरे।