Gold
Bangad salyan

पार्टी प्यालेसले कुहिएको मासु बेचेको उजुरु परेपछि गरियो शिलबन्दी ,,

भदौ , १६ काठमाडौं – खाद्य प्रविधि तथा गुणस्तर विभागले काठमाडौंको सोह्रखुट्टेमा रहेको नयाँ बजार मल्टीभेन्युमा सिल गरेको छ। अनुगमनका क्रममा उक्त पार्टी प्यालेसमा कुहिएको मासु बिक्री गरेको पाइएपछि विभागले सिल गरेको हो। शनिबार खाद्य प्रविधि तथा गुणस्तर विभागका अधिकृत ईश्वर सुवेदी, आपूर्ति, वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध विभागका अधिकृत दिपक पोखरेल र महानगरीय प्रहरी सोह्रखुट्टे र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले पार्टी प्यालेसमा अनुगमन गरेको थियो।

सोही क्रममा पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो। गुणस्तरहीन वस्तु उत्पादन गरेको अभियोगमा अनुगमन टोलीले पार्टी प्यालेसमा शिल गरेको हो।गुणस्तरहिन खाद्यान्न बिक्री गरेको पत्ता लगाएपछि पार्टी प्यालेसमा सिल गरेको विभागका महानिर्देशक सञ्जिव कर्णले पुष्टि गरे। उनले भने, ‘उक्त विषयमाथि छानबिन गरी खाद्य ऐन अनुसार कारबाही गरिनेछ।’

स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पार्टी प्यालेसबाट प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै उजुरी गरेको थियो। अनुगमनलाई निरन्तरता दिनुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाइ छ।‘सहकारीले पाँच सय खानाको अर्डर गरेको थियो’, तिमिल्सिनाले भने, खाद्यवस्तुको गुणस्तर न्यून भएको उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरिएको थियो।’