Gold
Bangad salyan

बनगाड ३ काप्रामा खुल्ला भलिबल प्रतीयोगिता सुरु

जेठ १०

सल्यान – बनगाड कुपिन्डे नगरपालिका ३ काप्रामा खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम संचालन गरिएको छ।राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ भगवति युवा समूह काप्राले यहि ९ गते देखि गाउँमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरेको हो। कार्यक्रममा  १६ टिमले भाग लिएको छ।

कार्यक्रमको उद्घाटन पुगेर प्रमुख अतिथी नगरपालिका मेयर कर्णबहादुर बुढाथोकीले गरेका छन भने बिशिस्ट अतिथिमा दुर्ग ब बुढाथोकीले गरेका हुन।

कार्यक्रम संचालक निशा घर्तीले गरिन भने कार्यक्रममा सभा अध्यक्ष संयोजक टेकराज पुन वडा अध्यक्ष समाजसेवि लागयतको उपस्तिथि रहेको थियोे ।

कार्यक्रममा कलाकारहरु भावना पुनको टिमले मनोरंजन समेत प्रस्तुत गरेका छन।यस्तै प्रथम हुने खेलाडी टिमलाई रु ३० हजार नगद ट्रफी, प्रमाणपत्र उप्लब्ध गराईने छ।

यस्तै दोस्रोलाई २० हजार तेश्रो हुनेलाई  १० हजार ट्रफी प्रमाणपत्र उपलब्ध गराईने छ। खेल तीन दिन सम्म संचालन रहने आयोजक टिमले बताएको छ।