Gold
Bangad salyan

हेलिकोप्टर दुर्घटनामा परेका मृतक को शव काठमान्डू ल्याईदै ,,

Salyan

२४ , भदौ , काठमाण्डौ – गोर्खा बाट काठमान्डौ उडेको ल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ ।दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए ।
अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु ९राहदानी नम्बर टिके७१३६१२०६८०, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।