Gold
Bangad salyan

तनुश्रीले गर्दा नानापाटेकरलाई झन् तनाब ,,

असोज १२ , काठमान्डौ – बलिउड अभिनेता नाना पाटेकरमा आज बोलि झन् तनाब थपिदै गयको छ ।नानाले नसोचेकै कुरा आज भोलि झन् मेडियामा आउने गरेको छ । नायिका तनुश्री दत्ताले दशक पुरानो घटना कोट्याएर उनको निदहराम गरिदिएकी छन् । यौन दुव्र्यवहारको गम्भीर आरोपले नानाको अनुहारमा कालो पोतिएको छ ।

तनुश्रीका अनुसार १० वर्ष पहिले एउटा फिल्मको सुटिङका क्रममा नानाले उनीमाथि यौन आशक्ति देखाएका थिए । एउटा गीतको सुटिङका क्रममा नानाले आफूसित अस्वभाविक रुपले नजिकिएको र गलत ठाउँमा समातेको तनुश्रीको आरोप छ । यस प्रकरणमा बिस्तारै अन्य बलिउड सेलिब्रिटीहरुले मुख खोल्न थालेका छन् । धेरैको सहानुभूति तनुश्रीप्रति देखिएको छ । प्रियंका चोपडादेखि स्वरा भास्करसम्म उनको पक्षमा छन् ।

बलिउड अभिनेता अमिर खान निर्देशक फरहान अख्ताले पनि यो विषयमा अनुसन्धान हुन पर्ने बताएका छन् ।यसैगरी अभिनेत्री ऋचा चड्डाले टि्वट गरेकी छन्, ‘कुनै पनि महिलाले यस्तो खालको पब्लिसिटी चाँहदैन जसका लागि उनले ट्रोलिङ र असंवेदनशीलताको शिकार हुनुपरोस् । उनीमाथि सेटमा जे भयो, त्यो त्राशदीपूर्ण थियो । उनको गल्ति यही हो कि उनी चुप बसिनन् । तनुश्री दत्ता हुनका लागि ठूलो हिम्मत चाहिन्छ । नानाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् । उनले एक अन्तरवार्तामा भने, ‘१ सय जना मानिसहरुको बीचमा कसरी यौन दुव्र्यवहार हुन सक्छ ?