बहुमतका बीच चिकित्सा शिक्षा विधेयक पास ,
माघ ११ , काठमान्डौ – संसदमा बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयक पास भयको छ। सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले भने संसदमा नाराबाजी गर्दै पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याए । रोष्टममा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा हात हल्लाए भने सत्तारुढ सांसदहरुले ढ्याप ढ्याप गरे ।
लगतै शिक्षामन्त्री पोखरलले चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर, विपक्षी नाराबाजी गरिरहेका थिए भने सत्तारुढ दल रोष्टममा जान सक्ने अवस्था थिएन । त्यसैले छलफलमा भाग लिने कोही भएनन् ।
लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने पास भयो ।सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे ।
त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला समेत गरेका थिए ।तर, सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयके विधेयक पास भएको छ ।
यसरि भयो विधयेक पास ,,
१ सत्तारुढ सांसदहरुको दाबी छ, यो विधेयकले डा. केसीका ९५ प्रतिशत माग पुरा गरेको छ ।
२ यो विधेयकले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ । आशयपत्र लिएर पूर्वाधार पुरा गरेका मेडिकल कलेजहरुलाई उपत्यका बाहिर सरकारले तोकेकोमा जान सरकारले प्रोत्साहन गर्नेछ । साथै एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउनेछ ।
३ यो बुँदाहरु माथेमा कार्यदलको सिफारिस र डा. गोविन्द केसीसँग भएको सहमति पनि हो ।
४ सरकारले ५ वर्षभित्र मेडिकल विश्वविद्यालय खोल्ने र सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा एउटा सार्वजनिक मेडिकल कलेज खोल्ने उल्लेख छ ।
५ सहिद परिवार, द्धन्द्ध पीडित जनआन्दोलनका घाइते लगायतलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । साथै १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामुलक बनाउने उल्लेख छ ।
डा. केसी अझै आमरण अनसनमा छन् । खासगरी एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने व्यवस्था मनसायपत्र लिएका उपत्यका बाहिरको हकमा लागू नहुने विधेयकको व्यवस्थामा डा. केसीको असहमति छ ।
यो आफूसँग भएको सहमति विपरित भएको र मेडिकल शिक्षा र स्वास्थ्य सेवामा थिति बसाउने आफ्नो अभियानलाई अधुरो बनाउने उनको निष्कर्ष निकाल्दै उनि अझै अनसनमा छन् ।