भिजिट भिसा भन्दै तिनजना नायिका संग मस्ती गर्दै हरिवंश आचार्य ,,
‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको छ यो चलचित्र दाल भात तरकारीमा समावेश गीत हो । आज काठमाण्डौमा पत्रकार सम्मेलनमा गर्दै निर्माणपक्षले चलचित्रमा समावेश गीत ‘भिजिट भिसा रिलिज गरेको हो ।
शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर, हरिवंश आचार्यको शब्द छ । यो गीतले चलचित्रको भावलाई समेत बोकेको छ ।
सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्र वैशाख १३ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा रमिला आचार्य, नरेन्द्र कंसकार, शिवहरि पौडेल, यमन श्रेष्ठको लगानी छ । हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।
चलचित्रले ‘दाल भात तरकारी’का लागि नेपालीले गर्ने दुखलाई कमेडीको माध्यमबाट प्रस्तुत गरेको छ ।