suekhet
bheriad

स्वीटजरल्याण्डबाट फर्किएर विमानस्थलमा बोल्दै प्रधानमन्त्री ,

lekabesi

माघ १२ ,काठमाडौं – विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किएका छन् । स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा पत्रकार सम्मेलन गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, सभामुख कृष्णबहादुर महरा लगायतले विमानस्थल पुगेर स्वागत गरेका थिए ।

साथै प्रधानमन्त्री ओली विमानस्थलबाट निक्लेपछि नेविसंघका कार्यकर्ताले कालो झण्डा देखायका छन् । विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए । नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

स्विट्जरल्यान्डको डावोसमा पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भएका थिए । विश्व आर्थिक मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भएको बताइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै उनले विश्व आर्थिक मञ्चको ४९औं बैठकमा आफूले लोकतन्त्र, यसमा प्रेसको भूमिकाका बारेमा विश्व समुदायका व्यक्तिसँग कुरा राखेको बताए ।

डाबोसमा आफूले नेपालको वर्तमान राजनीति अवस्था, पर्यटनको सम्भवना, विदेशी लगानी, दिगो विकासका लागि नेपालले लिएको लक्ष्य बारे छलफल गरेको जानकारी गराए ।