रुकुम चौरजहारी

यूएईविरुद्ध नेपालको शानदार जित ,,

रुकुम आठ विसकोट

माघ १२ ,काठमाडौं – शनिबार भएकाे एकदीवसीय श्रृंखला अन्तर्गत दाेस्राे खेलमा यूएईविरुद्ध नेपालले शानदार जित निकालेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४५ रनले पराजित गरेको हो। आईसीसी एकेडेमी दुबई रंगशालामा भएको खेलमा पूरै ५० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो।

२४३ रनको चुनौती पछ्याउने क्रममा यूएई कमजोर सावित भएको हो। १९.३ ओभरमा ९७ रन बनाउँदा यूएईले सबै विकेट गुमाएको हो। नेपालको जितका लागि सोमपाल कामीले पाँच र सन्दीप लामिछानेले चार विकेट लिए।

सोमपालले पहिलो ओभरको अन्तिम बल, तेस्रो ओभरको पाँचौं बल, पाँचौ ओभरको अन्तिम बल र छैटौं ओभरको पहिलो बल र १९ ओभरको तेस्रो बलमा विकेट लिएका हुन्।

सोमपाल एक्लैले यूएईका सुरुवाती चार र अन्तिममा एक ब्याट्सम्यानलाई आउट गरे। सोमपालले चिराग सुरी, गुलाम सावेर, शाइमन अनवर, अस्फाक अहमद र जाहोर खानको विकेट लिए।

१४.२ ओभरमा सन्दीप लामिछानेले व्यक्तिगत पहिलो विकेट लिए। यूएईविरुद्धको खेलको १४ ओभरमा सन्दीपले तीन विकेट लिए। १४.२ ओभरमा पहिलो विकेट लिएका सन्दीपले १४.३ र १४.६ ओभरमा विकेट लिए। त्यसैगरी उनले व्यक्तिगत चौथो विकेट भने १८.५ ओभरमा लिए।

खेलमा नेपालका सोमपाल कामी म्यान आफ दि म्याच भए ।

खेलमा नेपाली क्रिकेटर रोहितकुमार पौडेलले कम उमेरमै अर्धशतक प्रहार गर्ने ब्याट्सम्यानको रेकर्ड बनाएका छन्।

उनले १६ वर्ष चार महिना २४ दिनमा अर्धशतक प्रहार गरेका हुन्। नेपालले यूएईलाई २४३ रनको चुनौती दिँदा ५८ बल खेलेका रोहितले सात चौकाको मद्दतमा ५५ रन जोडेका हुन् । रोहितले यूएईविरुद्ध ५५ रन जोड्दा २७ वर्ष पुरानो रेकर्ड तोडिएको हो।