चलचित्र भारतको टिजर रिलिज ,

बलिउड नायक सलमान खान प्रस्तुत भयको चलचित्र भारत को टिजर रिलिज भयको छ । चलचित्र यो वर्षको ईदमा रिलिज हुने छ ।
टी–सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको शिर्ष भूमिकामा देखिएका छन् ।

चलचित्रमा तब्बु, कट्रिना कैफ, ज्याकी श्राफ, सोनाली कुलकर्णी, दिशा पटानी, नोरा फातेही लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म, बर्ण, देश जोड्न आवश्यक नभएको संवाद उनी बोल्छन् । यो चलचित्रलाई अलीअब्बास जफरले निर्देेशन गरेका हुन् ।

lekbesi