suekhet
bheriad

तस्करीको नँया जुक्ति धानको बोरामा ४० लाखको कपडा ,,

lekabesi

माघ १३ ,वीरगन्ज – तस्करहरुले आफ्नो समान विभिन्न तरिकाले ओसार पसार गर्ने गरेको पाईन्छ ।वीरगन्जमा धान बोकेको टयाक्टरबाट प्रहरीले ठूलो मात्रामा अवैध कपडा बरामद गरेको छ। आइतबार सशस्त्र प्रहरीले पर्साको ग्रामिण भेगबाट धान बोकेर सदरमुकामस्थित चामल उद्योगमा आउँदै गरेको ट्याक्टरबाट कपडा बरामद गरेको हो।

पर्साको छिपहरमाइ गाँउपालिका-१ मिर्जापुरबाट धान लिएर वीरगन्ज अलौंको चामल उद्योगमा आउँदै गरेको ना २ त १६४८ नम्बरको टयाक्टरबाट प्रहरीले भारतबाट राजश्व छलेर ल्याइएको करिब ४० लाख रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरेको हो।

टयाक्टरमा रहेको ९० बोरा धानभित्र लुकाएर राखिएको अवस्थामा सुटपिस कपडा ५० बण्डल (अन्दाजी ६ हजार मिटर), कुर्ता सुरुवाल ८० थान र सर्ट पाइन्टको कपडा ७२ सेट बरामद पारिएको सशस्त्र प्रहरी उपरिक्षक प्रेम ध्वज शाहले बताए।

वीरगन्ज पोखरीया सडकखन्ड अन्तर्गत अलौं र एकीकृत भन्सार जाँच चौकी (आइसीपी) मध्यभागको सडकमा टयाक्टर रोकेर चेकजाच गर्दा धानको बोराको तल लुकाएर राखिएको अवस्थामा कपडा बरामद भएको हो।

कपडा सहित ट्याक्टर र त्यसका चालक छिपहरमाइ गाँउपालिका-१ मिर्जापुर निवासी सोनालाल साहलाइ पनि पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक शाहले जानकारी दिए।

पक्राउ परेका टयाक्टर चालक साहले मिर्जापुरकै पन्नालाल साह भन्ने व्याक्तिले धान , वीरगन्जको अलौमा रहेको चामल उद्योगमा पुर्‍याइदिन भनेकाले आफुले ९० बोरा धान टयाक्टरमा हालेर आएको बयान दिएको सशस्त्र प्रहरी उपरिक्षक शाहले बताए।

पक्राउ परेका ट्याक्टर र बरामद गरियाको कपडालाई आवश्यक कारबाहीको लागि विरगंज भान्सार बुझाईएको शाहले जानकारी गरे।