suekhet
bheriad

रोहित कुमार पौडेललाई प्रधानमन्त्रीको बधाई ,,

lekabesi

माघ १३ ,काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी रोहित कुमार पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

प्रधान्मन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै भनेका छन्,‘‘अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।

एकदिवसिय अन्र्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा यूएईलाई १५१ रनले पराजित गरेको नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतक सहित ५५ रन बनाएका थिए ।उनले ५८ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ५५ रन बनाउँदा विश्व पुरुष क्रिकेट तर्फ सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने ब्याट्सम्यान बने ।

१६ वर्ष १ सय ४६ दिन उमेर भएका रोहितको किर्तीमानी यसअघि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान शाहिद अर्फिदीलाई पछि पारेका हुन् । शाहिद अर्फिदीले १६ वर्ष २ सय १७ दिनमा एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका थिए ।

तीन एकदिवसिय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाल पहिलो खेलमा यूएईसँग ३ विकेटले पराजित भएको थियो भने शृङ्खलाको एकदिवसिय अन्तराष्ट्रियको अन्तिम खेल सोमबार खेल्दैछ ।