suekhet
bheriad

भुटानी शरणार्थी शिविरमा आगलागी थप विवरण आउदै ,

lekabesi

माघ १५ ,दमक – झापाको दमक, ३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी भएको छ । आगलागीबाट १० वटा छाप्रा जलेर नष्ट भएका छन् भने एउटा छाप्रामा आंशिक क्षति पुगेको प्रहरीले जानकारी गरेको छ ।

वेलडाँगी २ सेक्टर बी ४ को लिला थापाको छाप्राबाट आगो सुरु भएको थियो आगो कसरि लाग्यो भन्ने यकिन हुन नसकेको शिविर व्यवस्थापन समितिका सचिव टिकाराम रसाईलीले जानकारी दिए ।

आगो कसरी फैलियोआगोलागीबाट मानवीय क्षति भने नभएको र क्षतिको पूर्ण विवरण आइनसकेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिएका छन् ।

आगलागीबाट ३० जना शरणार्थी बिचल्लीमा परेका छन् । विस्थापितलाई आम्दाको हलमा व्यवस्थापन गरिएको शरणार्थी दातृ निकाय यूएनएचसीआरले जानकारी दिएको छ । क्षतिको बिवरण संकलन गर्ने कार्य भईरहेको सचिव रसाईलीले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।