विभिन्न स्थानमा फ्री वाइफाइ संचालन गरिदै

Naumule

 

माघ १५ , काठमाडौं – सार्वजनिक वाइफाइ सुरक्षाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मापदण्ड तयार पारेको छ। सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको बढ्दो प्रयोगलाई लिएर प्राधिकरणले ती स्थानमा वाइफाइ राख्न आवश्यक मापदण्ड तयार पारेको हो।

काठमाडौं महानगरपालिकाले मात्रै काठमाडौंका विभिन्न ६ स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउँदै आएको छ। त्यसका अलावा कतिपय इन्टरनेट सेवाप्रदायक आफैंले विभिन्न सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराएका छन्।

यसरी निःशुल्क रूपमा उपलब्ध वाइफाइको पहुँच हेरेर व्यक्ति पुग्न सक्ने भएकाले त्यसको सुरक्षालाई लिएर प्राधिकरणले नयाँ मापदण्ड बनाएको हो। मापदण्ड तयार भएर बोर्डमा गएको प्राधिकरणका निर्देशक विजयकुमार रायले बताए।

रायका अनुसार बोर्डले पास गरेसँगै सेवाप्रदायकले निःशुल्क वाइफाइ उपलब्ध गराउँदा प्रयोगकर्ताको सुरक्षाका लागि तोकिएका मापदण्ड पूरा गर्नुपर्नेछ।

नयाँ मापदण्ड प्रयोगकर्ताको गोपनियता जानकारी सुरक्षित राख्न सहयोगी हुने उनले बताए। सार्वजनिक वाइफाइ दूरुपयोग रोक्न तयार पारिएको मस्यौदामा १३ बुँदामा वाइफाइ सुरक्षा मापदण्ड राखिएको छ। जसलाई विनियमावलीको रूपमा ल्याइने उल्लेख छ।

सार्वजनिक वाइफाइको आधार र मापदण्डका रूपमा यसलाई नेपालभर लागू गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नयाँ मापदण्डमा प्रयोगकर्तालाई ट्र्याक गर्न र व्यावसायिक रूपमा डाटा प्रयोग गर्न नपाइने प्रावधान राखिएको छ।

Gurvakot

जसले गर्दा प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्ने विश्वास लिइएको छ। मस्यौदामा उल्लेख भएको बुदाँमा एक्सेस प्वाइन्ट पूर्णरूपमा कन्फिगेरेसन गरिएको र फ्याक्ट्री डिफल्ट सेटिङ हटाइएको हुनुपर्नेछ।

वाइफाइ एक्सेस हुने उपकरण नेपाल दूरसञ्चार प्राधिकरणबाट टाइप स्वीकृति भएको हुनुपर्नेछ। सेक्युरिटी अपडेट्स र प्याच सबै सिस्टम डिभाइसमा राखिएको हुनुपर्ने, डिभाइसको बीचमा टू लेयर आइसोलेसन उपलब्ध हुनुपर्ने भनी मापदण्डमा राखिएको छ।

त्यस्तै प्रयोगकर्ताका लागि वाइफाइ हट जोनमा उपयुक्त लगइन सुविधा हुुनुपर्ने, रजिस्ट्रेसन एन्ड अथेन्टिकेसन सिस्टम एटीटीपीएसमा आधारित हुनुपर्ने, फोन नम्बर दर्ता गरिनुपर्ने उल्लेख छ। वाइफाइ लगइन गर्दा मोबाइल नम्बरमा पासवर्ड पठाउनुपर्ने र त्यो एक पटक लगइन गर्न मात्र प्रयोग हुनुपर्ने उल्लेख छ।

पासवर्ड पठाउँदा एसएमएस पनि नेपाली र अंग्रेजी दुवै भाषामा हुनुपर्ने भनिएको छ। एसएमएसबाट प्राप्त भएको पासवर्डमार्फत लगइन भएपछिमात्र प्रयोगकर्ताले इन्टरनेट चलाउन सकिने व्यवस्था हुनुपर्ने भनिएको छ। साथै प्रयोगकर्ताका लागि फेयर युजेज पोलिसीअन्तर्गत निश्चित समयावधिसम्म मात्र प्रयोग सुविधा हुनुपर्नेछ उल्लेख छ।

त्यस्तै वाइफाइ प्रयोगकर्ताको मोबाइल नम्बर, आईपी एड्रेस, युजरको लगइन समयावधिलगायत विषय सम्बन्धित कम्पनीले सुरक्षित राखिएको हुनुपर्नेछ र त्यस्ता डाटा अनुसन्धानका लागि कानुनले तोकिएको संस्थालाई दिनुपर्ने मापदण्डमा समावेश गरिएको छ। त्यस्ता जानकारी पनि सहीरूपमा इन्स्क्रिप्सन गरी गोप्य राखिनुपर्ने र तेस्रो पक्षलाई दिन वा बिक्री गर्न नपाइने भनिएको छ।

प्राधिकरणले तोकेको मापदण्ड लागू गर्न इन्टरनेट सेवाप्रदायक पनि तयार रहेको इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्ट बताउँछन्।

भट्टका अनुसार निःशुल्क वाइफाइ पनि दुई प्रकारको छ। एउटा इन्टरनेट सेवाप्रदायक कम्पनी आफैंले ग्राहकलाई उपलब्ध गराएको र अर्को अहिले होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने निःशुल्क वाइफाइ छ।

त्यसमा कम्पनी आफैले उपलब्ध गराएको निःशुल्क वाइफाइको सम्बन्धमा प्राधिकरणको मापदण्ड लागू हुनेछ। यो सेवा रेस्टुरेन्टलगायत स्थानमा सेवाप्रदायक कम्पनी जिम्मेवारी नहुने भट्टले जानकारी गरेका छन् ।

Bangad kupinde