suekhet
bheriad

अनसन स्थलको टेन्ट रातारात प्रहरीले हटाइयो ,,

lekabesi

माघ १५ , काठमान्डौ – गोविन्द केसीको समर्थकले सडकमा बिछाएको कार्पेट टेन्ट प्रहरीले रातारात हटायको छ। केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले रिले अनसन बस्न बनाइएको टेन्ट रातरात हटाइएको हो ।

चिकित्सक संघले शिक्षण अस्पतालको प्रागणमा सोमबारबाट रिले अनसन थालेको थियो । शिक्षण अस्पताल प्रशासनले अस्पताल हातामा धर्ना नबस्न चेतावनी दिएको थियो ।

यसको जवाफमा संघले आकस्मिक बाहेकका सेवा बन्द गरेर हड्ताल गर्ने चेतावनी दियको थियो। प्रहरीले टेन्ट हटाईदिएपछि अस्पताल ग्रांगणमा चिकित्सकहरुले म्याट बिछ्याएर रिले अनसन सुरु गरेका छन् ।