सपथ खाएको भोलिपल्ट भारतीय गाडी चडेर प्रदेशसभामा पुगे दीपक मनाङे ,
माघ १५ पोखरा – राजिव गुरुङ दिपक मनाङे भारतीय गाडी चडेर प्रदेश्सभामा पुगेका छन् ।, उनले सोमबार मात्र पद तथा गोपनियताको सपथ लिएका थिय।
मंगलबार मनाङे गाडी चडेर प्रदेशसभा आउदै गर्दा सबैको आँखा उनीतिर थियो ।तेही क्रममा सबै चकित परे, उनले भारतीय नम्बरको बीआर ०६ पिडी ९८२९ नम्बरको गाडीमा आयर भित्र पम्पाउण्डमा झरे सांसदहरु नै आश्चर्यमा थिए ।
सरकारी नम्बर प्लेटको र मन्त्रीको गाडीमात्र संसद कम्पाउन्डभित्रको पार्किङस्थलमा पुग्न पाउँछन् । शुरक्षारथ गार्ड हरुले पनि माननीय चडेर आयको गाडीलाई हामीले कसरि रोक्ने भनेर जवाफ दिय।
संसदको कुनै मर्यादा हुन्छ कि हुँदैन । हुन्छ भने उनले अनुमति लिएका छन् कि छैनन् हेनुपर्छ ।’ तर, मनाङे आफूले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेकोमात्रै बताएनन्, सरकारी गाडी चढेको भएमात्र प्रश्न उठाउन आग्रह गरे ।
मनाङेले यस विषयमा पत्रकारलाई उल्टै भने ‘यस्ता फाल्तु कुरामा समय नफाल्नुस् । उनले अगाडी भने यो भाईको दिदीको गाडी हो देशले भारतको सहयोग लिन मिल्ने मैले गाडी चढ्न पनि नपाउने ? प्र
देशसभा सुरक्षाका लागि खटिएका सई चन्द्रबहादुर खत्रीले आफूलाई त्यसबारे जानकारी नभएको बताए । ‘जिल्लामा खबर गरेको छु । माथिबाट आजलाई बाहिर पार्किङ गर्न पठाउने र भोलिदेखि भित्र ल्याउन नदिने भन्ने आएको छु,’ उनले भने ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले यसबारेमा आफूले अध्ययन गरिरहेको बताए । ‘यसबारे म पनि बुझ्दैछु । ठ्याक्कै थाहा भएन । मैले पनि कानुन हेर्नैपर्छ ।भारतीय नम्बर प्लेटका गाडी नेपालमा चलाउँदा दैनिक ४ सय ५० रुपैयाँ राजस्व सरकारलाई बुझाउनु पर्ने नियम छ ।