ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको अनुसन्धानमा नेपाल भ्रस्टचारी ३१ नम्बरमा सबैभन्दा बढी राजनीतिक भ्रस्टचारी ,,

Naumule

माघ १५ , काठमान्डौ – नेपालमा बढ्दो राजनीतिक भ्रस्टाचार भयको देखिन्छ । विभिन्न सेक्टरका ब्याक्तिहरु घुस लिदा लिदै पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको अनुसन्धानले नेपालमा सुशासनको अवस्थामा सुधार नआएको देखाएको हो।

कमिसनखोरी , हत्या ,महंगी ,सरकार , बलात्कार , कालोबजारी ,चोर लगायत विभिन्न कारणले नेपालमा भ्रस्टाचार बढेको तथ्य छ ।यो अन्य मुलुकको हेरी नेपालमा डरलाग्दो हो ।

विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूको सर्वेक्षणमा आधारित ट्रान्सपरेन्सी इन्टरनेसनलको अनुसन्धान प्रतिवेदनले भ्रष्ट मुलुकहरूको सूचीमा नेपाल १२४ औँ स्थानमा परेको छ। नेपालले ३१ अंक पाएको छ।

Gurvakot

१८० देशमा गरिएको अनुसन्धानले सबैभन्दा बढी भ्रस्टाचार हुने देश अफ्रिकी मुलुकको सोमालिया र कम भ्रस्टाचार हुने सुचिमा डेनमार्क परेको छ। सन् २००४ देखि सूचकांकमा समेटिएको नेपालमा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय स्थिति नदेखिएको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनमा नेपाललाई १०० मा ३१ अंक दिइएको छ। गत वर्ष पनि नेपालको अंक ३१ नै थियो तर त्यतबेला १२२ औँ स्थानमा रहेको नेपाल अहिले ३१ नै अंक भए पनि १२४ औँ स्थानमा पुग्यो। अरु दुई देश भ्रष्टाचार घटाएर स्कोर बढाएका कारण नेपाल यस वर्ष झन् तल पुगेको हो।

सर्वेक्षणअनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ’।

, प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भनेको छ, ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिन्छ। नेपाल सन् २०१६ मा २९ अंकसहित १३१ औँ, २०१५ मा २७ अंकसहित १३० औँ, २०१४ मा २९ अंकसहित १२६ औं स्थानमा, २०१३ मा ३१ अंकसहित ११९ र २०१२ मा २७ अंकसहित १३९ औँ स्थानमा थियो।

 

Bangad kupinde