गोपिको विशेष शो हेरे नेता देखि चलचित्र कर्मीले ,

चलचित्र गोपीले कुमारी हलमा विशेष शोको आयोजना गरेको छ ।कुमारी हलमा आयोजित विशेष शोमा नेतादेखि चलचित्र क्षेत्रमा केही चलचित्रकर्मीले चलचित्र हेरेका छन् ।

चलचित्र हेर्नका लागि नेकपाका नेता योगेश भट्टराई, पूर्व संचारमन्त्री महेश बस्नेत, नेत्री नविना लामा, कुमारी हल पुगेका थिए । यस्तै, चलचित्रकर्मीहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल पनि कुमारी हलमा पुगेका थिए ।

lekbesi

चलचित्रका मुख्य कलाकार विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्तको साथमा निर्देशक दिपेन्द्र लामा, लेखक सामिप्यराज तिमिल्सिना, कार्यकारी निर्माता श्रीधर पौडेल पनि कुमारी हलमा उपस्थित थिए ।

यो चलचित्रले दृढ इच्छा शक्ति भएको खण्डमा नेपालमै केही गर्न सकिन्छ भन्ने कथा प्रस्तुत गरेको छ । माघको १८ गतेबाट रिलिज हुनलागेको चलचित्र गोपी टिमलाई नेता तथा चलचित्र कर्मीले वधाई दिएका थिए ।