suekhet
bheriad

भ्रष्टाचार सहँदैनौँ प्रधानमन्त्री ओली ,

lekabesi

माघ १५ ,काठमान्डौ – १८ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको कार्यक्रममा प्रधानमन्त्रीले बोल्दै भने ।देश शुन्य भ्रष्टाचारको नीति अवलम्बन गरेको बेला बारम्बार भ्रस्टाचार भयको खबर बाहिर आयको हुनाले यो विषयामा सबैलाई सुध्रिन समेत आग्रह गरेका छन् ।

ओलीले भने भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका सुरक्षा अंगलाई चनाखो हुनुस। भ्रष्टाचार कुनै हालतमा पनि सैय हुने छैन ।शान्ति सुरक्षा र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका निकायले गैह्रकानुनी दोहन गर्ने कुरा उपयुक्त हुँदैन’, प्रमले भने,।

हामी धेरै संघर्स गरेर याँहा सम्म आयका हौ ।अब हामि पछाडी फर्केर हेर्दैनौ अगाडी बढ्छौ ।हिजोका द्वन्द्वका घाउ निरुपणका लागि नेपालमा सत्य निरुपण र बेपत्ता खोजबिन आयोग क्रियाशील रहेकै बेला देशीविदेशी शक्तिहरू द्वन्द्वकालीन मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सक्रिय रहेको निचोड सरकारको छ।

विभिन्न आवरणमा शान्ति प्रक्रियालाई बल्झाउन खोज्नेबारे सरकार जानकार रहेको छ ।निरुपण हुने क्रममा रहेका विषय उचालेर देशलाई पछाडि फर्काउने खेल भइरहेको पनि आशंका गरे।

‘देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैन’।, प्रधानमन्त्री ओलीले भने देशमा सुशासन र समृद्धि ल्याउन हर तरहले प्रयत्नशील रहेका छौ ।तेसैले व्यवस्थापन भइसकेको शान्ति प्रक्रियाका विषयमा अनावश्यक चलखेल सैह्य हुँदैन। सबैजना सजग हुनुस ओलीले भने।