आज सहिद दिवस सम्झनामा यी माहान पुरुष

माघ १६ ,काठमान्डौ – देश र जनताको लागि भोकै नांगै आफ्नो घर परिवार त्यागेर बलिदान दिने महान पुरुष प्रति श्रदासुमन। आज उनी महान पुरुषलाई सम्जिने दिन हो .उनकै सम्झनामा आज नेपालभर सहिद दिवस मनाईदै छ ।

नेपालि जनता र नेपाल देशलाई निरङ्कुशता पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध , प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने सहिद गर्ने सहिद प्रति आज यो दिवस मनाउने गरिन्छ । जसमा झट्ट सम्जिदा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ हुन् ।

वीर शहीदको स्मरणमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताहपनि मनाईदै आयको छ । निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद बनाउन जनताको हित , हक अधिकारको लागि लड्दा वि.सं. १९९७ माघ १० गते शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

वर्तमान नेपालमा भने अहिले सहिदको नाममा खेति गर्ने अतः छन् ।गाडीको ठक्करबाट मृतु भयपनी सहिद घोसना गर्ने चलन नेपालमा आउदा सहिदको अपमान भयको देखिन्छ ।सहिद सम्झनामा देशैभर आज बिदा हुने गर्थ्यो तर अहिलेको केन्द्र सरकारले यो दिन अपमान गर्दै बिदा कटौती गरेको छ  ।