अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा ३ अर्ब लागत अनुमान ,कँहा बाट जुट्छ आयश्रोत ,

माघ १६ ,काठमान्डौ – चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको छ ।धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर, १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ ।

यो रकम कहाँ कसरि उपलब्ध हुने भन्नेबारेमा फाउन्डेसनका अध्यक्ष धुर्मुसले भने देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने छ ।जसरि पहिले भुकम्पपिडितलाई जुटेको रकमले नमुना बस्ति बसालियो तेसरीनै जन सहयोग उठेको पैसाले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण बनाउने छौ ।धुर्मुसले अगाडी भने ।

यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुने उनको भनाई छ ।फाउन्डेसनले आईसीसीका सम्पूर्ण मापदण्डहरु पुरा गर्ने र जसमा करिब ३० हजार दर्शक क्षमताको हुने जानकारी रहेको छ । रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ ।

अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ र रंगशालाको शिलान्यास गरिने छ । लामो समयपछि चितवनमा रंगशालाको लागि भनेर जग्गा त मिलेको छ ,तर जनस्तर सहयोग भने कठिन देखिन्छ ।

तैपनि सबै नेपालीको चासो बनेको रंगशाला निर्माणमा सबैले सहयोग गर्ने धुर्मुस बताउछन ।बहुउपयोगी हुने यो रंगशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिने छ ।