suekhet
bheriad

काठमान्डौमा चोरी गर्दै हिँड्ने१२४ महिला पुरुष पक्राउ

lekabesi

माघ १८ , काठमान्डौ – प्रहरीले काठमान्डौको विभिन्न ठाँउबाट चोरी गर्दै हिँड्ने १२४ जनालाई पक्राउ गरेको छ । गत १५ गतेदेखि विशेष अभियान सञ्चालन गरेको प्रहरीले तीन दिनैमा चोरीमा संलग्न भयका १२४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

बिभिन्न स्थानमा चोरीका घटना भएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान शाखाले संयुक्तरुपमा अभियान चलाएर रंगेहात र अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये तीन महिला र २१ पुरुषलाई पूर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जानकारी दिएका छ ।यस्तै दुईमहिला र १८ जना धरौटीमा छुटेका छन्, भने ८३ जनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो भन्दा पहिले पनि प्रहरीले बसमा , पकेट मारदेखी विभिन्न घरमा चोरी गर्ने ब्याक्तिलाई पक्राउ गरि सार्वजानिक गरेको थियो। ,