अनसन तोड्छु फरक रुपमा लड्छु डा गोविन्द केसी ,
माघ १८ काठमान्डौ – २४ दिनबाट १६ अनसन बसेका डा गोविन्दकेसीले अनसन तोडेका छन् ।उनले एकतर्फी रुपमा अनसन तोडेका हुन् ।अनसन तोडेका केसीले फरक ढंगले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि लडिरहने प्रतिवद्धता गरेका छन् ।
डा. केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताएका छन् ।उनले अनसन तोड्न आग्रह गर्ने नागरिक अगुवा, माथेमा कार्यदल र आवासीय चिकित्सकहरुलाई धन्यवाद दिँदै भनेका छन्,।
‘उहाँहरुको भावनालाई सम्मान गर्दै उहाँहरुकै रोहवरमा म १६ औं पटकको आमरण अनसन टुंग्याउने घोषणा गर्दछु ।अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको केसीले बताएका छन् ।
प्रतिपक्ष कांग्रेशले भने डा गोविन्द केसीलाई अगाडी बढाएर आन्दोलन गर्दै आयको छ ।प्रतिनिधि सभा र रास्ट्रीयसभामा चिकित्सा सिक्षा बहुमतले पारित भईसकेको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर केसीले अनसन तोडेका हुन् ।