suekhet
bheriad

कलाकार बीएस राणाको मृतु बाँसबारीको जग्गा बेचेर उपचार गर्दा पनि सन्चो भयन रोग ,

lekabesi

माघ १९ , काठमान्डौ – कलाकार बिएस रानाको ७८ वर्षको उमेरमा निधन भयको छ ।राणाको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा हिजो शुक्रबार निधन भएको हो ।

राना लामो समयदेखि बिरामीले पिडित थिय ,उनले उपचारको लागि बाँसबारीमा भयको जग्गा समेत बेचेका थिय। तर उनलाई सन्चो भयन ।पछिल्लो समयमा धेरै आर्थिक अबस्थामा कम्जोर देखियको निर्देशक तुलसी घिमिरेले स्तब्ध हुँदै भने।

गत ११ गतेबाट बिरामीले च्यापेका रानाको योगदानको अभिलेख पनि होस् र आर्थिक सहयोग पनि जुटोस् भने उहाँको जिवनीमा आधारित डकुमेन्ट्री बनाउन लागेको थिएँ ।तर अस्पतालबाट सन्चो बनायर लैजान नसकेको निर्देशक घिमिरे बताउछन।

रानाले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।

थुप्रै चलचित्रममा कम गरेका राना सबैको मन मुटुमा बस्न सफा थिय। रानाले २०४१ सालमा अभिनय गरेको पहिलो चलचित्र अन्याय हो पछिल्लो चलचित्र दर्पण छाया २ मा अभिनय गरेका छन् ।राणाका श्रीमती र दुई छोरी छन् ।

उनको छोराको भने १३ वर्षको उमेरमा नै निधन भएको थियो ।कलाकार बीएस राणाको अन्त्येष्टिको सबै खर्च कलाकार संघले ब्यहोर्ने कलाकार संघकी महासचिव सरिता लामिछाने बताईन।