प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघले खोस्यो ,

माघ,१९ काठमाडौं – नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको गाडी नियन्त्रणमा लिएको छ ।सरकारी गाडी चलाउन नदिने आन्दोलन भन्दै नेविसंघका कार्यकर्ताले सचिव शिशिरकुमार ढुंगाना सवार बा १ झ ९९९५ नम्बरको गाडीलाई लाजिम्पाटबाट नियन्त्रणमा लिएको हुन् ।

यस्तै मे १झ १५१ नम्बरको गाडीसहित अरु ५ वटा गाडीका चाबी पनि उनीहरुले नियन्त्रणका लिएका छन्।आजै नेविसंघ कार्यकर्ताले गण्डकी प्रदेशको कास्कीमा एउटा सरकारी गाडी जलाएका थिए।

हामीले आन्दोलनबारे जानकारी दियौं र चावी नियन्त्रणमा लियौं’ नेवि संघका नेता सुशील भट्टले जानकारी गरेका छन् ।यो समूहले अर्का सचिव दिनेशकुमार घिमिरे, सहसचिव प्रविणराज अर्यालको गाडी पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको गाडीको साँचो साँझ ट्राफिक प्रहरीलाई बुझाइने नेविसंघले बताएको छ ।

lekbesi