क्रिकेटमा ऐतिहासिक सफलता , टीट्वान्टी श्रृंखला पनि नेपालले हात पार्यो ,
माघ २० , काठमान्डौ – नेपालले क्रिकेट खेलमा उत्क्रिस्ट हात हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले पहिलो टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधिसमेत हात पारेको हो।
तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज २-१ ले जितेको छ ।टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो। नेपालकाे ब्याटिङमा कप्तान पारस खड्का र सन्दीप जोराले महत्वपूर्ण योगदान दिए।
नेपाललाई जिताउने क्रममा कप्तान पारस खड्काले १४ बलमा सर्वाधिक २९ रन बनाए । सन्दीप जोराले ११ बलमा २८ रन बनाए। जोरा पाँचौ विकेटको रुपमा ८.३ ओभरमा बाहिरिए ।यूएईको सुरुवात भने निकै राम्रो थियो ।
सन्दीप लामिछानेको त्यो ओभरमा २० रन जोडेको थियो । पहिलो विकेटका लाम गुलाम शब्बर र अस्फाक अहमदले २९ रनको साझेदारी गरे । तर, दोस्रो ओभरको अन्तिम बलमासोमपाल कामीले अस्फाकको विकेछ लिए ।
पाँचौं ओभरको चौथो बलमा गुलाम आउट भएपछि यूएई दबाबमा आयो । आठौं ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार रन खर्चेर दुई विकेट लिएपछि खेल नेपालको पक्षमा आएको थियो । यो ओभरमा करणले आक्रमक ब्याटिङ गरिरहेका साइमन अनवरलाई ३० रनमा आउट गरेका थिए ।
नेपालका करण, ललितसँगै अविनाश बोहोराले २-२ विकेट लिए भने सन्दीप र सोमपालले १-१ विकेट लिए ।दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण थियो। अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक-एक खेल जितेकाले शृंखला १-१ को बराबरीलाई तोड्दै नेपालले २-१ को जित निकालेको हो।