काठमान्डौ पनि हिमपातले भरिभराउ ,

माघ,२६ काठमाडौं – पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको वर्षाले चिसो बढेपछि चन्द्रागिरी, फूलचोकीलगायत काठमाडौं वरपरका डाँडाकाँडामा हिउँ परेको छ ।

काठमाडौं उपत्यका वरपरका डाँडाकाँडामा हिउँ परेपछि अत्यधिक जाडो बढेको छ। काठमान्डौका सडक , बाटो घाटो हिलाम्य भयर यात्रु लगायत पैदल यात्रा गर्नेहरुलाई सास्ती भयको छ ।राजधानी लगायत देशका विभिन्न जिल्लामा हिमपातले ढाकेको छ ।

हिमपातले डाँडाकाँडा भरिभराउ भएलगतै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ,भने स्थानिय हरु हिउँ खेलाउदै मनोरंजन लिनेगरेका छन् ।

चन्द्रागिरी फुल्चोकीलगायतका डाँडाहरुमा पनि मनोरम्य दृश्य देख्न सकिन्छ ।हिउँले बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन्।

तेस्तै वाग्लुङ् का बिभिन्न क्षेत्रमा हिमपातले केहि घर गोठ पुरेको छ ।स्थानियले उद्दार कार्य गरेका छन्। तेस्तै सल्यानको निगाल्चुला , चौर लगायतका डाँडाकाँडा हिमपातले भरिभराउ भयका छन् ।

बाग्लुङ्मा हिमपातले पुरेका घर गोठ ,

सल्यानको निगाल्चुलामा परेको हिमपात ,

राजधानी चन्द्रागिरिमा ,