आजदेखि मौसममा सुधार ,

माघ २७ ,काठमान्डौ – लगातार ४ दिनको वर्षा र हिमपातमा आजदेखि मौसममा सुधार देखिन थालेको छ। देशका विभिन्न जिल्लामा परेको हिमपात संगै राजधानी काठमान्डौमा पनि भारि वर्षा र हिमपात भयको थियो।

मौसममा बिहानै देखि सफा रहेको छ पश्चिमी वायुका कारणले नेपालमा वर्षा भयको मौसमविद हरु बताउछन। अब भने मौसममा सुधार आउने पुर्वअनुमान गरिएको छ।

काठमान्डौको आज बिहानको तापक्रम ७ . रहेको छ ।हिमपात संगै आन्तरिक बाह्य पर्यटक हिंउमा रमाउन थालेका छन्। राजधानीको सबैभन्दा बढी चन्द्रागिरिको डाँडामा हिमपात परेको छ।

हिमपात संगै काठमान्डौ आसपासका जिल्ला सिन्धुपाल्चोक , सिन्धुलि , नुवाकोट , लगायतमा भने हिमपातले डाँडाकाँडा र रुख बिरुवा हरु सेताम्य देखिएका छन् ।

हिमपातले विभिन्न जिल्लाको जिबन कस्टकर संगै अन्नबालीमा क्षति पुगेको छ ।चिसोका कारण हिमाली जिल्लाका विद्यालय हरु बन्द गरिएको छ ।