हिउँले अबरुद्द विमानस्थल सरसफाई गरिदै ,

Naumule

माघ २७ डोल्पा – हिमपातले पाँच दिनदेखि अबरुद्ध डोल्पाको जुफाल विमानस्थल हिउँ फालेर खोल्न लागिएको छ । विमानस्थलमा एक फिटभन्दा धेरै हिउँ जमेको छ। डोल्पाको भर पर्दो यातायातको माध्यम हवाइ सेवामात्र हो । सामान्य रुपमा सड्कमा डोल्पा जोडिएको भए पनि जिल्लाका अधिकाश नागरिकले हवाइ यात्रा नै गर्ने गरेका छन ।

लगातारको वर्षा र हिमापातले विमानस्थलको धावनमार्ग पुरै पुरीएको छ। विमानस्थल सुचारु गर्न स्थानिय र सुरक्षा कर्मी मिलेर हिउँ फाल्न लगाईएको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही र वडा अध्यक्ष बिरमल कुमार भण्डारीले जानकारी दिए ।

Gurvakot

झण्डै एक सातादेखि वर्षा र हिमपातको कारण जहाज नउडेपछि यात्रुहरु जुफालमै थन्किएका छन् । आइतबारदेखि मौसममा केहस् सुधार भएपछि सोमबारदेखि जुफाल विमानस्थल खुल्ने आशा यात्रुहरुले गरेका छन् ।

जनप्रतिनिधि र स्थानीयसँग सहकार्य गरेर धावनमार्गको हिउ फालिएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए । ‘जनप्रतिनिधिले सुरुवात गरेको काममा स्थानीयले साथ दिँदा हिउँ पूरै फालियो मौसमले साथ दिएमा जहाज उडान भर्न सम्भव भएको छ,’ समिट एयरका स्टेशन इन्चार्ज पूर्णजँग शाहीले बताए ।

हिमपातको कारण नाकाबन्दीमा परेको डोल्पा जिल्लाबाट बाहिर जाने र आउने बाटाहरु ठप्प भएका छन । जुफाल विमानस्थल खुलेमा नागरिकलाइ बाहिर जिल्ला जाने बाटो खुल्ने तालिममा नेपालगञ्ज जान लागेका योगेन्द्र बुढाले बताए । डोल्पाको जुफाल बिमानस्थलमा हाल तारा, सिता, गोमा र नेपाल यएरका ट्वीनअटर जहाजले उडान भर्ने गरेका छन ।

Bangad kupinde