suekhet
bheriad

संविधान संशोधन गरेरै मधेसीका हक अधिकार सुनिश्चित गर्छौँ पुष्मकमल दाहाल प्रचण्ड ,

lekabesi

माघ २८,सिराहा – सत्तारुढदल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको हक अधिकार र यहाँको विकासमा आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । मधेशका हक अधिकार संविधान संशोधन गरेरै समानुपातिक समावेशी प्रणालीलाई थप व्यवस्थित बनाउने दाहालले धारणा राखे ।

महिला, मधेसी, दलित, मुस्लिम लगायत समुदायलाई समानुपातिक समावेशी प्रणालीमार्फत समेटेको उनले स्मरण गराएका थिए । साथै संविधान परिवर्तन गरेरै त्यसलाई पर्याप्त बनाउने पनि प्रतिवद्धता जनाएका छन् । आफूहरुको कम्युनिष्ट पार्टी मधेसी जनताको हित विपरित रहेको आशंका नराख्न उनको अग्रह छ ।

उनले अब कोही पनि गरिबीको कारण, शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनु नपर्ने पनि बताए । नयाँ संविधान अनुसार ती सबै कुरालाई मौलिक हकमा राखिएकाले कुनै पनि मानिस गरिबीबाट वञ्चित हुनुपरे अदालत समेत जानसक्ने भन्दै आफूहरु जनताका हक सुनिश्चित गर्न लागिपरेको बताए ।

मधेसी जनताको हितमा कम्युनिष्ट सरकारले नै काम गर्ने पनि उनको जिकिर थियो । ‘कम्युनिष्ट पार्टीले मधेसी जनताको, विकास निर्माणमा ध्यान दिँदैन कि भन्ने छ भने त्यो सत्य हैन प्रचण्डले भने ।