suekhet
bheriad

गरीबको उपचार सरकारले गर्छ नगरे मुद्दा हाल्न पाइन्छ : प्रचण्ड

lekabesi

माघ,२८ सिराहा- नेकपाका अध्यक्ष प्रचण्डले आज भोलि सरकारले जनताको पक्षमा नभएका कामप्रति चासो देखाएका छन् ।सरकारले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर-१ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै प्रचण्डले भने- ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन ।

गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ । साथै भर्खरै मनोहरमा उदघाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु ।

डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहनेछ । दाहाल प्रचण्डले भने मधेशी जनताको लागि र मधेशका लागि हक अधिकारको लागि सरकारमा छलफल भएको पनि प्रचण्डले बताए ।यसको बारेमा प्रधानमन्त्री ओली , प्रचण्ड र उपेन्द्रयादव बीच हस्ताक्षरपनि भयको उनले जानकारी गरे।