suekhet
bheriad

फुटबलर हकिम तिन महिनापछि थाइल्याण्डबाट रिहा ,

lekabesi

माघ २९ ,मेलबर्न – थाइल्याण्डमा थुनिएका अष्ट्रेलियन फुटबलर हकिम अल अरइबी अन्ततः रिहा भएका छन् ।उनि गत नोभेम्बरदेखि थाइल्याण्डमा थुनिएका थिय रिहाइको लागि बहराइनको दबावपछि मात्रै थाइल्याण्डले उनलाई रिहा गरेको हो ।

फुटबलर अल अराइबी सन् २०१४ मा आफ्नो मुलुक बहराइन छोड्दै अष्ट्रेलियामा शरणार्थीको हैसियतमा बस्दैआएका थिए । तर गत नोभेम्बरमा थाइ अधिकारीबाट उनी पक्राउ परेका थिए ।

मेलबर्न एयरपोर्टमा मंगलबार उनका प्रसंशक, परिवार र आफन्तले उनको रिहाइको खुसीयाली भव्य रुपमा मनाएका छन् । उनका आफन्त, परिवार सहित सयौं प्रसंशकहरु यहाँ उनको स्वागतका लागि उपस्थित थिए ।

बहराइन मूलका फुटबलर हकिमको स्वागतमा बहराइनी मूलका अष्ट्रेलियन नागरिक र उनको फुटबल क्लबका सदस्यहरु समेत उनको स्वागतमा पुगे । यस क्रममा केहीले ‘तिमी एक्लै हुने छैनौ’ भन्दै उनको साथमा नारावाजी गरेका थिए ।

‘म अष्ट्रेलियालाई धन्यवाद भन्न चाहन्छु । आम अष्ट्रेलियन जनता र मिडियाले मलाई यसरी सहयोग गरेको देख्दा म अचम्भित छु,’ फुटबलर हकिमले पत्रकारहरुसँग भने, ‘म यो मुलुकका लागि झनै बलियो बन्ने छु । र अष्ट्रेलिया मेरो देश हो ।

उनको रिहाइको पछाडि मानवअधिकारवादी समुह, अष्ट्रेलियन सरकार लगायतको अभियानको पनि भूमिका छ । बहराइनी मूलकै हकिमका निकटस्थ मित्र अर्का फुटबलरले आफ्नो नाम नखुलाउने शर्तमा यो आफूहरुको जित भएको बताएका छन् ।

हकिम स्वतन्त्र भएको यो समाचार आफूले सुनेको ‘सर्वाधिक राम्रो समाचार’ भन्दै उनले अलजजिरासमक्ष टिप्पणी गरेका छन् ।