suekhet
bheriad

घुस सहित पक्राउ परेका असई अख्तियारलाई छलेर फरार , ‘

lekabesi

माघ,२९ महोत्तरी – महोत्तरीमा घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट भागेका छन् । औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि भागेका हुन् ।

मंगलबार दिउँसो उनलाई अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको ५/६ जनाको टोलीले नवदुर्गा सःमिलबाट नियन्त्रणमा लिएको थियो । तर उनी अख्तियार टोलीलाई छलेर भागेका हुन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भागेका असईको खोजी भइरहेको बताएका छन् ।स्रोतका अनुसार असई साहलाई पक्राउ गर्न अख्तियारको टोली बर्दिबासबाट औरही आएको जानकारी पाएपछि उनी नजिकैको स:मिलमा गएका थिए ।

प्रहरीले स:मिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पक्राउ गरेर प्रहरी चौकीतर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा दुबै जना फरार भएका हुन् । प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर असईको खोजि भईरहेको अख्तियारले बताएको छ।