suekhet
bheriad

संजोग कोइराला र बर्षा राउत आज बैबाहिक जीवनमा बाँधीए ,

lekabesi

नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए । संजोग र बर्षाले काठमाण्डौको एक पार्टी प्यालेसमा बिहे गरेका छन् ।

तर, उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निम्तो दिएको छैन । तस्बिर खिच्न जाने पत्रकारलाई पनि प्रवेश दिइएको छैन ।

प्रेम सम्बन्धमा रहेको जोडीले प्रेम दिवसलाई दिन पारेर बिहे गरेको हो । उनीहरुले शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।