suekhet
bheriad

दु:खद खबर जाजरकोट बस दुर्घटना ४ जनाको मृतु ९ जना घाईते ,

lekabesi

फागुन ३ , काठमान्डौ – नेपालगन्जबाट रुकुमको राडीका लागि छुटेको भे १ ख १३२९ नम्बरको यात्रु बस जाजरकोट भेरी नगरपालिका, १, रिम्ना नजिकै दुर्घटना हुँदा ४ जनाको मृत्यु भयक छ भने ९ जना घाइते भयका छन् ।

बसमा १३ जना यात्रु रहेको जानकारी हुन आयको छ । मृतक ४ जनाको शव मध्ये ३ जनाको शव उद्दार गरिएको छ भने १ जनाको शव निकाल्न कठिन भएको छ ।उक्त शव गाडीले थिचेको अवस्थामा रहेको पाईएको छ ।

मृतकको सनाखत हुन भने सकेको छैन, घाईते ९ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सकहरुले अनुसार बताएका छन्।

बस भीरबाट खसेर भेरी नदिमा खसेको र पानीमा डुबेको छ ।दुर्घटना भयको ठाँउमा ठुलो पानि परेको कारण उद्दारमा ढिलाई भयको जानकारी हुन आएको छ ।

जाजरकोट भेरी नरपालिकाका मेयर सिपि घर्ति मगर सहित नगरपालिकको टिम, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् ।बस चालकको पहिचान हुन नसकेको र दुर्घटनाको कारण भने खुल्नसकेको छैन ।

जाजरकोटको विभिन्न स्थानमा धेरै पटक पटक गाडी दुर्घटना भई यात्रुले अकालमै ज्यान गुमाउन परेको छ। २०७१ मंसिर ४ गते जाजरकोटको भुरचौर नजिक यात्रु बस भेरीमा खस्दा ५४ जनाको मृत्यु भएको थियो।  मृतक सबैमा हार्दिक श्रद्धाञ्जली साथै घाइहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।