Simta
Gurvakot
Gurvakot

मारुनीको शुभमुहुर्त आजबाट ,

फागूणको १३ गतेबाट छायांकन प्रारम्भ गर्न लागिएको चलचित्र ‘मारुनी’को शुभमुहुर्त गरिएको छ । आज बिहान काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै यसको टिमले शुभसाइत गरेको हो ।

चलचित्रको छायांकन भने फागुन १३ गतेपछि सुरु हुनेछ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् ।

चलचित्रको सह,निर्माताको रुपमा दर्शना केसी रहनेछिन् । यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्पल खड्का र नव,नायिका रेविका गुरुङको मुख्य भूमिका रहनेछ ।

lekbesi
Simta

छायांकार संजय लामा अर्को चलचित्रमा व्यस्त भएकाले यसको छायांकन केही ढिलो सुरु हुन लागेको हो । चलचित्र २०७६ भदौ १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

सुभमुहरतमा नायक नायिकाले आ आफ्नो धारणा राखेका थिए ।चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रको कथा मन परेको र सुभामुहरतमा पहिलो पटक मन्दिरमा आएको बताईन ।

तेस्तै चलचित्रका मुख्य नायक पुष्पल खड्का र नायिका रेविका गुरुङले पनि चलचित्रको कथावस्तु राम्रो रहेको सुनाए ।चलचित्रमा बाल,कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको मुख्य भूमिका रहनेछ ।

कार्यक्रममा बोल्दै निर्मात्री पूनम गौतमले भनिन्‘हामी एउटा फरक कथामा चलचित्र निर्माण गर्दैछौ । दर्शकको मायाले यो चलचित्र सफल हुनेमा विश्वस्त छु । निर्देशक नवल नेपालले चलचित्रले मनको कथा बोल्ने बताए ।