जम्मु,कास्मिरमा भएको हमलाप्रति प्रधानमन्त्री ओलीको दुःख ब्यक्त ,
फागुन ३ काठमाडौं – जम्मु,कास्मिरमा भएको आतंकवादी हमलाको भत्र्सना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले एक ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरेर कास्मिर घटनाको भत्र्सना एवं दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको जनाएका छन् ।
कास्मिरको पुलवालामा बिहीबार दिउँसो जैस,ए,मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काएका थिए ।
जसमा परि ४२ सुरक्षाकर्मीको ज्यान गयको छ ।यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो ।
सुरक्षाकर्मी चढेको बस जम्मुकास्मिरबाट श्रीनगरतर्फ गइरहेको अवस्थामा उक्त घटना भयको हो ।