suekhet
bheriad

नेपाल र म्यानमारबीचको खेल सुरु ,

lekabesi

फागुन,३, काठमाडौं – हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपाल र म्यानमारबीचको खेल सुरु भएको छ । नेपालले म्यान्मारसंग भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा गरेको हो ।

नेपालले म्यानमारलाई पराजित गर्दै नेपाल ऐतिहासिक उपाधि चुम्ने लक्ष्यको साथ मैदानमा प्रवेश गरेको छ। र म्यानमार पनि नेपाललाई पराजित गरेर उपाधि जित्ने दाउमा छ।

लिग राउण्डमा भने नेपालले म्यानमारसँग ३,० गोलको हार ब्यहोरेको थियो । त्यो हारको बदला लिने रणनीतिमा पनि नेपाली टीम रहेको छ ।

राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।

राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जित हात पार्दै म्यानमारले ९ अंक बनाएको थियो ।

यता, नेपालले भने तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर फाइनलमा स्थान सुरक्षित गरेको थियो । अहिलेसम्म नेपाली महिला टिमले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन ।