काठमान्डौमा भुकम्पको धक्का ,
फागुन ४ ,काठमाडौं- काठमान्डौमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राती ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको जानकारी दिए । काठमान्डौमा पटक पटक भुकम्पको धक्का जाने गरेको छ ।