शिक्षा जीवन र जगतको अध्ययन हो, सांसद हृदयेश त्रिपाठी,,

Naumule
अंगद यादव/नवलपरासी पश्चिम ,, फागुन ५  – शिक्षा किताबमा भएको हिसाब जान्न नभई शिक्षा जीवन र जगतको  अध्ययन  रहेको प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले बताउनु भएको छ ।

नवलपरासी पश्चिमको सरावल गाउपालिका वडा नं.-५ धनगढवामा रहेको श्री जनता आधारभूत धनगढवालाई माध्यमिक तह अंग्रेजी माध्यमबाट संचालन गर्नका लागि श्री श्री १०८ श्री विष्णु धन-धान्याञ्याल ज्ञान महायज्ञ शनिवार देखि शुरु भएको यज्ञको सफलताको शुभकामना दिने क्रममा धर्म विश्वास र निष्ठाको भएको हुनाले यस माथि विवाद नगर्न त्रिपाठीले बताएका छन ।

यज्ञ हुदा खेरी विशेष गरेर जो सुन्छ त्यसबाट आर्दश मिल्छ धर्म एउटा सभ्यता हो । जुन मानिस जन्मे देखि नै सभ्यताको जंजीरमा पर्छ जुन सभ्यता आमा वुबा र सामाजले दिने त्रिपाठीले बताएका छन ।


बासिन्दामा सम्पन्नता भएको भए विद्यालय आफै सम्पन्न भई हाल्छ र सबैले योगदान दिन्थे तर किसान परेशान छन ।

किन संसारमा सबै उत्पादकले आफु उत्पादन गरेको समानको मूल्य आफै निर्धारण गर्छ तर किसानले परिश्रम, मेहनत, लगानी गरेर धान, गेहु, तोरी, उखु लगायतको बाली उत्पादन गर्छन तर त्यसको मूल्य आफै तोक्न नसकेको कारण किसान दुराअवस्थाको कारणले क्षेत्र पिछडिएको सांसद त्रिपाठीले भने ।

आउने आर्थिक बर्षमा विद्यालयलाई माध्यमिक तह अंग्रेजी माध्यमबाट संचालन गर्नको लागि संसदीय विकास कोषबाट २० लाख दिने त्रिपाठीले घोषणा गरेका थिए ।

विद्यालयलको अझै भौतिक तथा शैक्षिक गुणस्तर बढाउनेको आफु सदैव तयार रहेको राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले विश्वास दिलाउनु भएका थिए ।

यज्ञको सफलताको शुभकामना दिदै विद्यालयको हित र उन्नतिका लागि नगरपालिका र व्यक्तिगत तर्फबाट हरेक सम्भव सहयोग गर्ने बर्दघाट नगरपालिका प्रमुख धिरज बस्यालले प्रतिबद्धता व्यक्त गर्नु भएका थिए ।

२०६५ सालमा स्थापना भएको जनता आधारभूत विद्यालयमा अंग्रजी माध्यमबाट पढाइ हुँदै आएको छ र त्यसलाई माध्यमिक तह अंग्रेजी माध्यमबाट संचालनको लागि यज्ञको आयोजना गरेको विद्यालयको संस्थापक अध्यक्ष दिनेश सहानीले जानकारी गराए ।

कार्यक्रमको अध्यक्ष सरवाल गाउपालिका वडा नं.-५ को वडाध्यक्ष तथा विद्यालयका संस्थापक अध्यक्ष दिनेश सहानी, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी, विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, बर्दघाट नगरपालिका प्रमुख धिरज बस्याल, अतिथिको रुपमा वडा नं.-६ वडाध्यक्ष कैलाश यादव, समाजसेवी सुरेश यादव, राधेरमण पाण्डे, अनिल गौड, राजाराम कुशवाहा, पत्रकार महासंघको केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, विद्यालयको प्रधानाध्यापक रविन्द्र गौड, शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Gurvakot
Bangad kupinde