यसरि घुस लिनलाई रैछ गीत बन्द गरेको सरकारले घुससहित नगरपालिकाका सब इन्जिनियर पक्राउ ,,

फागुन ५ , काठमान्डौ – घुस्खोईरिको विरुद्दमा चेतना ल्याउन पशुपति शर्माले लुट कान्छा लुट बोलको गीत सार्वजानिक गरेलगतै सरकारले आपति जनायो ।तेस्पछि गायक पशुपति शर्माले सामाजिक संजालमा माफी माग्दै युटुबबाट गीत हटाए।

केहि शब्दलाई परिमार्जन गरेर गीत बजारमा पुन ल्याउने शर्माले जानकारी गरे ।गीतलाई सरकारले किन बन्देज गर्यो त्यो भने प्रस्ट बुज्न सकिन्छ। गायकले बोलेको त्यो यौटा भाव मात्र हो।

तर नेपालको त वास्तविक तथ्य हो ।सहिले यो गीतको बारेमा सामाजिक संजाल भरि सरकार विरुद्द आलोचना र विरोध भएको छ ।गीतले लुट्ने हरु प्रति केहि जानकारी गरेलगतै फेरी कञ्चनपुरमा घुससहित नगरपालिकाका सब इन्जिनियर पक्राउ परेका छन् ।कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

lekbesi

बेलौरी नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको हो । हिरासतमा राखेर उनलाई अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जानकारी गरेको छ।