suekhet
bheriad

,प्रतापपुर गाउपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाघि ऐपिफ लाई ,

lekabesi

फागुन ६ ,नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकामा प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७५ को उपाधि ऐपिफले प्राप्त गरेको छ ।

आइतबार भएको फाइनल खेलमा भारतको लखनउ रेलवे टिमलाई नेपालको ऐपिफले ३ एक सेटले पराजित गर्दै एपिफले प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि हासिल गरेको छ।

जिल्ला भलिबल संघको सह-आयोजना र प्रतापपुर गाउपालिकाको आयोजनामा स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता प्रतापपुर गाउपालिका वडा नं.-२ मा रहेको आर्दश माध्यमिक विद्यालय सेमरीको खेल मैदानमा भलिबल खेल शुरु भएको थियो ।

प्रतियोगितामा प्रथम भएको ऐपिफलाई १ लाख ११ हजार १ सय, द्वितीय भएको लखनउ रेलवे भारतलाई ५१ हजार १ सय १ रुपैया र तृतिय भएको स्पोर्ट्स कलेज गोरखपुर भारतलाई २५ हजार १ सय १ रुपैया नगद साथै कप र प्रमाणपत्र प्रदान गरिएको थियो ।

अध्यक्ष कप प्रतियोगितामा नेपालको ४ वटा टिम र भारतको २ वटा गरि ६ वटा भलिबल टिमहरुको सहभागीता रहेको थियो ।

समापन भएको कार्यक्रम प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको अध्यक्षता एवं जिल्ला विकास समन्वय प्रमुख शिवशंकर रायकाे प्रमुख अातिथ्यतामा खेल सम्पन्न भएको हाे ।

प्रतियोगितामा गाउँपालिका उपप्रमुख अन्जु चौधरी, प्रशासकीय प्रमुख बोधराज बस्याल, वडाध्यक्षहरु दिवकार चौधरी, ईश्वरी चौधरी, कादिर अलि, रामहरि उपाध्याय, हेमेन्द्र पजियार लगायतकाे उपस्थिति रहेको थियाे ।

अंगद यादव/नवलपरासी पश्चिम ,,