Simta
Gurvakot
Gurvakot

सुस्ता गाउँपालिका वडा नं.,५ ले जेष्ठ नागरिकलाई सम्मान गर्याे ,

अंगद यादव/नवलपरासी पश्चिम

फागुन ६ ,नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाको वार्ड नं.-५ पकलिहवाको वडा कार्यालयले वडमा रहेको जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गरिएको छ ।

Simta

जेष्ठ नागरिकहरुलाई जाडोबाट जोगाउने उद्देश्यले सम्मान स्वरूप वडा भित्र रहेकोे २ सय ७० जेष्ठ नागरिकहरुलाई कम्मल वितरण गरिएको सुस्ता गाउँपालिका वार्ड नं.-५ का वडाध्यक्ष प्रभुनाथ यादवले जानकारी गराएका छन ।

lekbesi

उक्त कार्यक्रममा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे, सन्जित कुमार शर्मा,भागिरथी पाल, पूर्व गा.वि.स. उपाध्यक्ष दिनेश यादव, मिठ्ठुु बनिया र स्वास्थ्य चौकी पक्लिहवाका अहेब चन्द्रमणि भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।