suekhet
bheriad

बुलबुलको पोस्टरमा प्रहरीको नजर ,

lekabesi

शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र बुलबुलको पोस्टर च्यात्न प्रहरीले आग्रह गरेको छ । पोस्टरमा रक्सीको ब्राण्ड प्रचार आयको भन्दै जता ततै टाँसएका पोस्टर फाल्न प्रहरीले आग्रह गरेको हो ।

मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ ।

परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ।